नेप्से घट्न थालेपछि लगानीकर्ता पनि सुस्ताए
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बुधबार, २०७७ | १६:३९:०० मा प्रकाशित

काठमाडाैं । पछिल्लो केहि दिन यता नेप्सेसँगै कारोबार रकम पनि निरन्तर घट्दो क्रममा देखिएको छ । निरन्तर नेप्से घट्न थालेपछि लगानीकर्ता पनि सुस्ताएका छन् ।
यस साताको तीनवटै कारोबार दिनमा नेप्से ओरालो लागेको छ । बुधबार पनि ३.४० अंकले घटेकाे छ ।
यसदिन २०५ वटा कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३७ रुपैयाँमा खरिदबिक्री भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम अझै घटेको हो ।
बुधबार कारोबारमा आएका १३ उपसमुहका सूचक मिश्रित देखिएका छन् । ७ उपसमुहको सूचक सकारात्मक रहेको बजारमा ६ वटा ऋणात्मक बनेका छन् । ब्यपार सूचक ८.१५ प्रतिशतले बढोत्तरी भएको बजारमा होटल तथा टुरिजम् २.२० प्रतिशत, अन्य र उत्पादनमुलक सूचक पनि करिब २ प्रतिशतले बढेको छ । वित्त, लगानी र जलविद्युतको इन्डेक्स सामान्य सकारात्मक रहेको छ ।
चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने रैराङ हाइड्रोपावर, मिथिला लघुवित्त, शिखर इन्स्योरेन्सको शेयरमूल्य घटेकाे छ ।
बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै ५५ करोड ७० लाख रुपैयाँ बरबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस