नेप्से घट्न थालेपछि लगानीकर्ता पनि सुस्ताए
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बुधबार, २०७७ | १६:३९:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो केहि दिन यता नेप्सेसँगै कारोबार रकम पनि निरन्तर घट्दो क्रममा देखिएको छ । निरन्तर नेप्से घट्न थालेपछि लगानीकर्ता पनि सुस्ताएका छन् ।
यस साताको तीनवटै कारोबार दिनमा नेप्से ओरालो लागेको छ । बुधबार पनि ३.४० अंकले घटेकाे छ ।
यसदिन २०५ वटा कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३७ रुपैयाँमा खरिदबिक्री भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम अझै घटेको हो ।
बुधबार कारोबारमा आएका १३ उपसमुहका सूचक मिश्रित देखिएका छन् । ७ उपसमुहको सूचक सकारात्मक रहेको बजारमा ६ वटा ऋणात्मक बनेका छन् । ब्यपार सूचक ८.१५ प्रतिशतले बढोत्तरी भएको बजारमा होटल तथा टुरिजम् २.२० प्रतिशत, अन्य र उत्पादनमुलक सूचक पनि करिब २ प्रतिशतले बढेको छ । वित्त, लगानी र जलविद्युतको इन्डेक्स सामान्य सकारात्मक रहेको छ ।
चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने रैराङ हाइड्रोपावर, मिथिला लघुवित्त, शिखर इन्स्योरेन्सको शेयरमूल्य घटेकाे छ ।
बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै ५५ करोड ७० लाख रुपैयाँ बरबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस