प्रेरणा

महाशिवरात्रीः शिवलिङ्ग पूजा गर्दाको समय महामृत्युञ्जय मन्त्र जप गर्नुहोस्, तनाव चट्, - मिल्छ शान्ति

काठमाडौँ । बिहीबार २७ गते महाशिवरात्री । शिवजी र माता पार्वतीको पूजाको पर्व हो महाशिवरात्री । शिवलिङ्गमा जल चढाउनुहोस्, बेलपत्र पढाउनुहोस् र मिठाईको भोगपनि लगाउनुहोस् । ज्योतिषका अनुसार, शिवलिङ्ग अगाडि बसेर महामृत्युञ्जय मन्त्रको जप अवश्य गर्नुहोस् । यस मन्त्रको जपले तनाव भगाउँछ र लगातार मन्त्र जप गर्दा मन शान्त रहन्छ ।

महामृत्युञ्जय मन्त्र

ऊँ त्र्यंबकम् यजामहे सुगंधिम् पुष्टिवर्द्धनम्, उर्वारुकमिव बंधनात,
मृत्योर्मुक्षियमामृतात्।।

अर्थः हामी तीन नेत्र भएका भगवान शिवलाई मनबाट ध्यान गर्दछौँ । तपाईं हाम्रो जीवनको मधुरतालाई पोषित र पुष्ट गर्नुहुन्छ । जीवन र मृत्युको बन्धनबाट मुक्त भएर अमृततर्फ अग्रसर होस् ।

मन्त्र जपबाट बढ्दछ एकाग्रता
मन्त्र लगातार जप गर्नाले शारीरिक र मानसिक उर्जा प्राप्त हुन्छ । पटक पटक एकै लयमा जप गर्दा शरीरको थकान दूर हुन्छ । मनको एकाग्रता बढ्दछ । शिवपुराणमा महामृत्युञ्जय मन्त्रको महिमा बताइएको छ । यो मन्त्र जप गर्दा शिवजी चाँडै प्रसन्न हुन्छन र भक्तको सबै मनोकामना पूरा गर्दछन् ।

शिवलिङ्ग नजिक बसेर गर्नुहोस मन्त्र जप
यो मन्त्रको जप शिवलिङ्ग नजिक बसेर गर्नु पर्दछ । मन्त्र जप गर्ने भक्तले सरसफाईमा विशेष ध्यान दिनुपर्दछ । शिवलिङ्ग अगाडि दियो बाल्नुहोस र पूर्ण एकाग्रतानुसार मन्त्र जप गर्नुहोस् । यसको लागि रुद्राक्षको माला उपयोग गर्नुहोस् । मन्त्रको जप कमसेकम १०८ हुनु पर्दछ ।

यी कुरा ध्यान दिनुहोस्
मन्त्र उच्चारण विल्कुलै सहि हुनुपर्दछ । जो व्यक्ति स्वयं यो मन्त्रको उच्चारण सहि गर्दैन भने कुनै ब्राम्हणबाट मन्त्रको जप गर्न सक्नुहुन्छ । मन्त्र जप गरेको समय दियो बलिरहनु पर्दछ । जहिल्यै आसनमा बसेर मन्त्र जप गर्नुहोस् । जप गरेको समय भक्तको मुख पूर्व दिशातर्फ हुनु पर्दछ । भक्तलाई गलत कामबाट टाढा रहनु पर्दछ । अन्यथा मन्त्र जपको पुण्य प्राप्त हुँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत