स्वास्थ्य

पछिल्लो २४ घण्टामा शुन्य मृत्यु, १०७ नयाँ संक्रमित थपिए, ७८ निको भए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट कसैको पनि मृत्यु भएको छैन । नयाँ संक्रमित १०७ जना थपिएका छन् भने ७८ निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, थपिएका संक्रमित सहित कुल संक्रमितको संख्या २,७४,४८८ पुगेका छन् । यस्तै निको हुने आजसहितका गरेर २,७०,६८३ पुगेका छन् ।

पछिल्लो तथ्यांकनुसार ३,०१० जनाको भाइरसका कारण मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार, आजसम्म २१,७९,०४७ जनाको पिसिआर टेस्ट भएको छ भने देशमा अब सक्रिय संक्रमितको संख्या ७९५ रहेको छ ।

गाउँ सहर संवाददाता