पूर्वाधार

यस्ताे छ सबैभन्दा बढि काेराेनाभाइरस संक्रमित भएका तीन देशकाे पछिल्लाे अवस्था

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १६ लाख ५१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड ६ लाख ९६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ४९ लाख ८७ हजार नाघेको छ भने मृतकको संख्या २५ लाख ४९ हजार ७४३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९० हजार १८६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ९३ लाख १४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख २७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ९८ लाख १७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८९ लाख ६९ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ११ लाख २३ हजार ६१९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५७ हजार २५७ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ७ लाख ९६ हजार ५५८ जना निको भएका छन् । सक्रिय केस १ लाख ६९ हजार ७८६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ५ लाख ८९ हजार जना संक्रमितमध्ये ९४ लाख ५७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ५५ हजारभन्दा बढी छन् । हाल ८ लाख ७६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७४ हजार २१६ जना पुगेका छन् भने २ लाख ७० हजार ४७१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ७७७ पुगेको छ भने ९६८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत