स्वास्थ्य

कोरोना पीडितको लागि भ्याक्सिनको एक डोज नै काफी

दुइवटा नयाँ अध्ययनले कोरोनाभाइरसबाट संक्रमित भइसकेका व्यक्तिलाई पनि भ्याक्सिन लागाउनुपर्ने आवश्यकता रहेको बताएको छ ।

अनुसन्धानले संक्रमणपछि स्वस्थ भएका मानिसको शरीरमा एन्टिबडी पैदा गर्नको लागि भ्याक्सिनको एक डोज पर्याप्त रहेको बताएको छ । 

टोरन्टो यूनिभर्सिटीमा इम्यूनोलोजिस्ट जेनिफर गोमरमेनका अनुसार- ‘कोभिड १९ बाट संक्रमितलाई पनि भ्याक्सिन आवश्यक छ तर एक डोज काफी छ ।’

नयाँ अध्ययनमा कोभिड-१९ बाट संक्रमित व्यक्तिको रगत नमूनाको विश्लेषण गरिएको थियो । फाइजर बायोएनटेक वा मोडर्ना भ्याक्सिनको एक डोजले तस्बिर बदलिदियो । अध्ययनको नेतृत्व गर्ने एन्ड्रयू मेगायर भन्छन्- भ्याक्सिनले उनीहरुको रगतमा एन्टिबडी हजारौँ गुण बढ्यो । 

उता न्यूयोर्क यूनिभर्सिटीमा अर्को अध्ययनमा भने कोभिड-१९ बाट संक्रमित व्यक्तिमा दोस्रो डोज दिँदा त्यति धेरै फाइदा नभएको निश्कर्ष निकालिएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत