आज सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण शुक्रबार, २०७७ | ०९:३१:०० मा प्रकाशित
काठमाडौं । आज सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदैछ ।
पहिलो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १२:१५ बजे सुरु हुनेछ ।
लिगमा सातदोबाटो ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । खुमलटार १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै ३:३० बजे अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले टुसाल युथ क्लबसँग खेल्नेछ । लिगमा मध्यपुर १ अंक जोडेर पुछारमा रहेको छ भने टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
हिजाेकाे खेलमा ब्वाइज युनियन क्लबले फराकिलो जित निकालेको छ । खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
त्यसैगरि रानीपोखरी कर्नर टिम आरसीटीले नयाँबस्ती युवा क्लबमाथि सहज जित निकालेको छ ।
खेलमा १० खेलाडीमा सिमित आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस