के डायबिटीजको रोगीले गुड खान मिल्छ ? यी हुन् ६ भ्रम र यथार्थ
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण आइतबार, २०७७ | २१:३९:०० मा प्रकाशित
काठमाडाैँ । इन्टरनेशनल डायबिटीज फेडरेशन (आइडिएफ)को तथ्यांकनुसार नेपालको कुल जनसंख्या मध्ये ९.१% मा डायबिटीज छ जसमा पुरुषमा १०.५% र महिला ७.९% छन् । विश्व स्वास्थ्य संगठन भन्छ, विश्वमा ५०० मिलियन भन्दा बढी डायबिटीज रोगी छन् । यसकारण पनि बजारका हल्लाभन्दा यसको यथार्थ बुझ्नु अत्यन्तै जरुरी छ ।
प्राकृतिक स्वास्थ्यविद् डा. आनन्द गैह्रका अनुसार डायबिटीजका बारेमा निम्न भ्रम र यथार्थ बुझ्नु आवश्यक छ ।
भ्रमः मोटो व्यक्तिलाई डायबिटीज हुन्छ ।
सत्यः मोटोपनाबाट टाइप २ डायबिटीजको खतरा बढी हुन्छ । डायबिटीज लुते मानिसलाई पनि हुन सक्छ । पेट क्लियर नहुने व्यक्तिलाई पनि डायबिटीजको खतरा बढी हुन्छ ।
भ्रमः गहुँको सट्टा ज्वार, बाजरा खानु पर्छ ।
सत्यः गहुँ, जाचर र बाजारासँग समान स्टार्च हुन्छ । ग्लुटेन प्रोटीनसँग एलर्जी भएका व्यक्तिहरूले गहुँ खान हुँदैन । ग्लुटेन गहुँमा पाइने एक प्रकारको प्रोटीन हो ।
भ्रमः डायबिटीजको विरामीले गुड खान मिल्छ ।
सत्यः यो गलत हो । गुड-चीनीमा लगभग समान क्यालोरी हुन्छ । दुबैमा सुक्रोज पाइन्छ । यसले सुगर बढाउँछ ।
भ्रमः नाङ्गो खुट्टा हिँडदा फाइदा हुन्छ ।
सत्यः यस्तो बिल्कुलै पनि होइन । धेरै विरामीको पैतालामा सेन्सिटीभिटी कम हुँदा चोटपटक लागेको थाहै हुँदैन । सानो घाउ ठूलो हुन सक्छ । यसकारण खाली खुट्टा हिँड्नबाट बच्नुहोस् ।
भ्रमः एकपटक इन्सुलिन लिँदा बानी पर्छ ।
सत्यः इन्सुलिन व्यक्तिको शरीरमा बन्ने खालको हार्मोन हो । यदि शरीर यसलाई पर्याप्त मात्रामा बनाइरहेको छैन भने बाहिरबाट यसको पूर्ति शरीरको जरुरत हो न कि आदत ।
भ्रमः चीनी खाँदा डायबिटीज हुन्छ ।
सत्यः चीनीमात्र डायबिटीजको मुख्य कारक होइन । तर चिनीयुक्त खानाले मोटोपना बढाउँछ, जसले टाइप टू डायबिटीजको खतरा बढाउँछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस