के डायबिटीजको रोगीले गुड खान मिल्छ ? यी हुन् ६ भ्रम र यथार्थ
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण आइतबार, २०७७ | २१:३९:०० मा प्रकाशित

काठमाडाैँ । इन्टरनेशनल डायबिटीज फेडरेशन (आइडिएफ)को तथ्यांकनुसार नेपालको कुल जनसंख्या मध्ये ९.१% मा डायबिटीज छ जसमा पुरुषमा १०.५% र महिला ७.९% छन् । विश्व स्वास्थ्य संगठन भन्छ, विश्वमा ५०० मिलियन भन्दा बढी डायबिटीज रोगी छन् । यसकारण पनि बजारका हल्लाभन्दा यसको यथार्थ बुझ्नु अत्यन्तै जरुरी छ ।
प्राकृतिक स्वास्थ्यविद् डा. आनन्द गैह्रका अनुसार डायबिटीजका बारेमा निम्न भ्रम र यथार्थ बुझ्नु आवश्यक छ ।
भ्रमः मोटो व्यक्तिलाई डायबिटीज हुन्छ ।
सत्यः मोटोपनाबाट टाइप २ डायबिटीजको खतरा बढी हुन्छ । डायबिटीज लुते मानिसलाई पनि हुन सक्छ । पेट क्लियर नहुने व्यक्तिलाई पनि डायबिटीजको खतरा बढी हुन्छ ।
भ्रमः गहुँको सट्टा ज्वार, बाजरा खानु पर्छ ।
सत्यः गहुँ, जाचर र बाजारासँग समान स्टार्च हुन्छ । ग्लुटेन प्रोटीनसँग एलर्जी भएका व्यक्तिहरूले गहुँ खान हुँदैन । ग्लुटेन गहुँमा पाइने एक प्रकारको प्रोटीन हो ।
भ्रमः डायबिटीजको विरामीले गुड खान मिल्छ ।
सत्यः यो गलत हो । गुड-चीनीमा लगभग समान क्यालोरी हुन्छ । दुबैमा सुक्रोज पाइन्छ । यसले सुगर बढाउँछ ।
भ्रमः नाङ्गो खुट्टा हिँडदा फाइदा हुन्छ ।
सत्यः यस्तो बिल्कुलै पनि होइन । धेरै विरामीको पैतालामा सेन्सिटीभिटी कम हुँदा चोटपटक लागेको थाहै हुँदैन । सानो घाउ ठूलो हुन सक्छ । यसकारण खाली खुट्टा हिँड्नबाट बच्नुहोस् ।
भ्रमः एकपटक इन्सुलिन लिँदा बानी पर्छ ।
सत्यः इन्सुलिन व्यक्तिको शरीरमा बन्ने खालको हार्मोन हो । यदि शरीर यसलाई पर्याप्त मात्रामा बनाइरहेको छैन भने बाहिरबाट यसको पूर्ति शरीरको जरुरत हो न कि आदत ।
भ्रमः चीनी खाँदा डायबिटीज हुन्छ ।
सत्यः चीनीमात्र डायबिटीजको मुख्य कारक होइन । तर चिनीयुक्त खानाले मोटोपना बढाउँछ, जसले टाइप टू डायबिटीजको खतरा बढाउँछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस