संसद्मा सम्बोधन गरेर प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाँदै
- गाउँ सहर संवाददाता
- १४ असार शनिबार, २०८२ | ०८:३४:०० मा प्रकाशित

काठमाडाैं । आज शनिबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।
एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार अहिले बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले स्पेन भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने भएका हुन्।
प्रधानमन्त्री ओली स्पेन भ्रमणका लागि आज साँझ काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ।
संयुक्त राष्ट्रसंघले आयोजना गर्ने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जाने भएका हुन्।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स (एफएफडी–४०) का लागि राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली स्पेन भ्रमणमा निस्कन लागेका हुन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
- नेपालले इण्डोनेसियाविरुद्ध बनायाे ४ सय २० रन
- राष्ट्रपति पौडेल पुगे धान रोपाइँमा
- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै
- माैसम पूर्वानुमान: चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
- धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै
प्रतिकृया दिनुहोस