स्वास्थ्य

चिउरीका फाइदाहरु

वैज्ञानिक नाम  Diploknema butyrcea (Roxb.) H.J.Lam.  भएको चिउरी Sapotaceae परिवारमा पर्छ ।

अंग्रेजीमा यसलाई Butter tree भनिन्छ । समुद्र सतहबाट २०० देखि १,५०० मिटर सम्मका भीरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटर सम्म अग्लो हुन्छ ।

नेपालमा पुर्व देखि पश्चिम सम्मै पाइए पनि मध्य र सुदुर पश्चिम क्षेत्रमा चिउरी बढी पाइन्छ । घमाईलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धयरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्कन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्राम सम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा लिइन्छ ।

हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कार्तिकदेखि माघ सम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र १ देखि ३ वटा सम्म बिजुला हुन्छन् ।

चिउरीका फाइदाहरु

१. चिउरीको पात गाइवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । 

२. यसको घिउ खान (तरकारी पकाउन र सेल रोटी पकाउन) र औषधिको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ । 

३. चिउरीको घिउ साबुन र मैनबत्ति बनाउन उपयोगी हुन्छ ।यसलाई पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ ।

४. चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ । यसको फल सिधै खान पनि मिल्छ । यसबाट जुस, जाम बनाउन र रक्सी बनाउन सकिन्छ । 

५. चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत