समाज

अपहरणको सात घण्टापछि बालकको सकुशल उद्दार

जनकपुरधाम । धनुषाबाट अपहरणमा परेका बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । 

अपहरण भएको ७ घन्टापछि धनुषाको नगराइन नगरपालिका– ६ लगमाको पछियारी टोलका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासको प्रहरीले सकुशल उद्धार गरेको हो ।

शनिवार १ बजे खेल्न निस्केका चन्दन साढे चार बजेसम्म घर नआएपछि परिवारले उनको खोजी सुरू गरेको थियो । त्यसको केही समयमै चन्दनकी आमाको मोबाइलमा अपिरिचित नम्बरबाट उनका छोराको अपहरण गरिएको फोन आएको थियो।अपहरणकारीले  छोरा सकुशल चाहिमा आफूले मागेजति रकम दिनु पर्ने भन्दै एक करोड रुपैयाँ मागेका थिए ।

बालकको अपहरमा संलग्न भएको आरोपमा उनका मामासहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालकको नातामा मामा पर्ने लक्ष्मीनारायण दास र  अर्का एक शंकास्पद व्यक्ति रहेको प्रहरीले जनाएको छ । 

अपहरणकारीहरुको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत