स्वास्थ्य

के तपाई टिमुर प्रयोग गर्नुहुन्छ ? यस्ता छन् फाइदा

टिमुर नेपालमा पाइने एक किसिमको वनस्पति हो । बास्नादार टिमुरलाई मसलाका रूपमा पनि प्रयोग गर्ने गरिन्छ । यसको वैज्ञानिक नाम जान्थोजाइलम अर्मेटम हो । यसलाई संस्कृतमा तुम्बरु, तीक्ष्णफल, तीक्ष्ण पत्र र तीक्ष्णवल्क भनिन्छ ।

यसको बिरुवामा काँडैकाँडा हुनुकासाथै यसका फलहरू स–साना राता ४ देखि ५ मिलिमिटर व्यासका हुने गर्दछन् । फलको स्वाद तितो, पिरो र जिब्रो पर्पराउने हुन्छ । यसको फलबाट बास्ना पनि आउँछ ।

१. टिमुरले उच्च रक्तचापलाई नियन्त्रण गर्छ भने कलेजोको सुरक्षा गर्छ । 

२. यसको प्रयोगले ‘फुड पोइजनिङ’ हटाउँछ । 

३. टिमुरले दाँतको सुरक्षा गर्छ ।

४.टिमुरबाट रसायन निकालेर हामीले अनुसन्धान गर्दा यसले मधुमेह र रक्तचापलाई नियन्त्रण गर्छ ।

५. यसले कलेजोको सुरक्षा गर्छ । 

६.दाँत कीराले खाएको अवस्थामा पनि टिमुरको प्रयोगले धेरै राहत मिल्छ । 

७. आयुर्वेदका अनुसार टिमुर र टिमुरबाट निस्किएको रसायनले दाँत कीरा लाग्ने व्याक्टेरियालाई मारेको ९४ प्रतिशत भेटिएको । 

गाउँ सहर डेस्क

तपाईँको मत