गाउँ सहर

शनि ग्रह कस्ताे हुन्छ ? थाहा पाइराख्नुस् यसकाे स्वरूप

खगाेलीय परवृत्तमा रहेका ग्रहहरूले पृथ्वीमा पनि अनेकाैँ प्रभाव छाेडिरहेका हुन्छन् । साेही आधारमा ग्रहहरूकाे रङ र प्रकृतिकाे पनि निर्धारण गरिएकाे हुन्छ ।

शनि ग्रह अन्धकारकाे प्रतीक हाे । राेगकारक ग्रहका रूमा पनि शनिलाई चिन्ने गरिन्छ । शनिका इष्टदेव भैरव हुन् । सूर्यकाे पुत्रकाे रूपमा शनिलाई वर्णन गरिएकाे छ । शनिकाे तान्त्रिक मातृशक्ति उल्का हुन् । यसकाे स्वरूप निम्न बताइएकाे छ :

कृशदीर्घ: पिंगाक्ष: कृष्ण: पिशुनाेSलसाेSनीलप्रकृति: ।

स्थूलनखदन्तराेमा शनैश्चराे स्नायुसारश्च । । (लखुजातकम्, ग्रुहस्वरूपमाध्याय, श्लाे.७)

दुब्लाे लामाे शरीर भएकाे, कैला आँखावाला, कालाे, परनिन्दक, आलसी, वात प्रकृतिका, लामा लामा नङ र दारावाला, अधिक राैँ भएकाे स्नायुसम्बन्धीकाे ग्रह शनिश्चर हाे । 

शनिसँग सम्बन्धित धातु फलाम हाे । रत्नमा नीलम पर्दछ । माझी औँलाले शनिकाे प्रतिनिधित्व गर्दछ । शनिकाे बार शनिबार हाे । प्रिय रङ कालाे हाे भने वर्णमा कृष्ण-चाण्डाल प्रकृतिकाे बताइएकाे छ । नपुंसककारक ग्रह शनिका मास, तिल, फलाम, कालाेबस्त्र, भैँसी, निलम आदि प्रिय वस्तु हुन् । पिपलकाे पूजा गर्नाले शनिजन्य दाेष निवारण हुन्छन् भनि बताइएकाे छ ।

नवग्रहमा शनिकाे पद भृत्य अर्थात नाेकर हाे । तुला राशिकाे २० अंशसम्म उच्च, मेश राशिकाे २० अंशसम्म नीच र कुम्भ राशिमा मूलत्रिकाेणी  हुने नैऋत्य दिशकाे स्वामी शनि ग्रह वायु प्रकृतिकाे ग्रह हाे । 

गाउँ सहर डेस्क

तपाईँको मत