स्वास्थ्य

दैनिक मनतातो दुध पिउनुहोस्,हुन्छन् यस्ता फाइदा

१. ब्लड सुगर नियन्त्रित हुन्छ

राती सुत्नुअघि चिनी नहालिएको एक गिलास मनतातो दुध पिउनुहोस् । यसले ब्लड सुगरको स्तरलाई प्रबन्ध गर्न मद्दत गर्दछ, मुख्य रुपमा टाइप–वान डायबिटिज । जसको ब्लड सुगरमा उतारचढाव हुन्छ, उनीहरुका लागि यो अनिवार्य हुन्छ ।

२. मिठो निद्रामा सघाउ

तातो दुधको सेवनले मन र शरीरलाई आराम दिन मद्दत गर्छ । राती सुत्नुअघि तातो दुधको सेवनले मिठो निद्रा पर्न सहयोग गर्छ । दुधमा भएको ट्रिप्टोफेन नामको पदार्थको कारण मिठो निन्द्रा आउने गर्दछ । 

३. तौल कम गर्न मद्दत

एक गिलास मनतातो दुध, विशेष रुपमा सुत्ने बेलामा पिउँदा पेट लामो समयसम्म भरिने हुन्छ । यसले अबेर राती अस्वस्थकर खानाबाट जोगाउँछ जसले तौल बढाउने काम गर्छ ।

४. महिलाको हड्डी बलियो बनाउँछ

तातो दुध पिउँदा दुधमा भएको पोषण थप बढ्छ । तताउने प्रक्रियामा दुधमा भएको इन्जाइम सक्रिय हुन्छ र ती शरीरद्वारा अवशोषित हुन्छन् जसले हड्डीको घनत्वमा सुधार ल्याउने काम गर्छ । तातो दुध पिउँदा हड्डीको घनत्वमा सुधार आउँछ । तातो दुध पिउँदा हड्डीसँग सम्बन्धित रोग जस्तै अस्टियोपिनिया, अस्टियोपोरोसिस र फ्र्याक्चरको खतरा कम हुँदै जान्छ ।

५. दाँतलाई बलियो बनाउँछ

तपाई दाँत दुख्ने र सासको दुर्घन्धबाट तनावमा हुनुहुन्छ भने दैनिक तातो दुध पिउँदा वास्तवमै मद्दत मिल्छ । दुधले तपाईंको दाँतलाई बलियो बनाउँछ जसका कारण दाँत खराब हुने खतरा कम हुन्छ । दुधमा बायोएक्टिव कम्पोनेन्ट हुन्छ, जसले सूक्ष्मजीव बढ्नबाट रोक्छ ।

६. तातो दुधलाई कसरी बनाउने स्वादिष्ट

यदि तपाईं केही विशेष मसाला राखेर पिउन चाहनुहुन्छ भने यसले दुधको प्रभावकारीतालाई थप बढाउने गर्छ । तपाईंको पाचन दुरुस्त रहन र प्रतिरक्षा बढाउनका लागि तातो दुधलाई २ चिम्टी बेसार हालेर पिउनुहोस् । दालचिनी र अदुवाजस्तै बेसारमा पनि लाभकारी एन्टिअक्सिडेन्ट हुन्छ । यसले इन्फ्लेमेसन हटाउन मद्दत गर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत