भिडिओ

सुरक्षा पन्तको प्रस्तुति रहेको म्युजिक भिडिओ 'मलाई सम्झनुु' सार्वजनिक (भिडिओसहित)

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्तको प्रस्तुति रहेको म्युजिक भिडिओ 'मलाई सम्झनुु' सार्वजनिक भएको छ। भिडिओमा सुरक्षासँगै विनोद अधिकारी मुख्य भूमिकामा छन् । 

गायक प्रविन बेडवालको स्वरमा 'मलाई सम्झनुु' बुधबार युट्युब च्यानल 'वर्डस् वर्ल्डु' बाट सार्वजनिक भएको हो । गीतमा अम्रिता नेपालले शब्द दिएकी छन् । 

भिडिओमा विनोदले सुरक्षालाई सानै उमेरदेखि गरेको एकतर्फी प्रेम देखाएको छ । उनी सुरक्षालाई 'मैसाब' भन्छन्। भिडिओमा सुरक्षा र विनोदसँगै बाल कलाकार प्राप्ति अधिकारी र विशाल गुरुङको पनि प्रस्तुति रहेको छ । 

सुरेश दर्पन पोखरेलको निर्देशनमा तयार भएको 'मलाई सम्झनुु' लाई भरत रेग्मीले सम्पादन गरेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत