गाउँ सहर

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले दैनिक जीवनमा चौतर्फी असर गर्नेछ

काठमाडौँ । सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर राहतको साटो नागरिकमाथि कष्टमात्र थपेको भन्दै आपत्ति जनाएका छन् ।

‘एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । कोरोना महामारीले थिल्थिलिएको अर्थतन्त्रबीच सरकारको गैरजिम्मेवार निर्णय अकल्पनीय छ, अस्वीकार्य छ,’ राप्रपा अध्यक्ष राणाले भने ।

सरकारको कदमप्रति असहमति जनाउँदै राणाले भने, ‘राहतको साटो सरकारले नागरिक जीवनमा कष्टमात्र थपेको छ ।’

पछिल्लो मूल्य वृद्धिबाट नागरिक जीवन र अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्ने, दैनिक जीवन खर्चिलो हुने उनले बताए । ट्वीट गर्दै राणाले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक जीवनमा चौतर्फी असर गर्नेछ ।’

गाउँ सहर डेस्क

तपाईँको मत