भिडिओ

'तिम्रै नाम' बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । अर्जुन राना मगरको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'तिम्रै नाम' बोलको यो गीतमा भानु ओलीले शब्द दिएका छन् भने अनिल फाँगोको संगीत रहेको छ । 

गीतको म्युजिक भिडिओमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र बालकलाकार सुमित अधिकारी र रिया हमालको अभिनय रहेको छ । लक्ष्मी र जीवन दुवै रंगमञ्चमा सक्रिय छन्। दुई बाल्यकालिन साथी बीचको सम्बन्ध भिडिओको कथाले देखाउन खोजेको छ । 

लक्ष्मी र जीवन आफ्नै निर्देशनमा तयार भएको भिडिओमा बुद्ध थापाको सिनेमेटोग्राफी रहेको छ । भिडिओमा सागर दहालले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् । भिडिओ सम्पादन विष्णु खड्काले गरेका हुन् । 

'तिम्रै नाम' मंगलबार युट्युब च्यानल 'टुवेल्भ नोट्स' बाट सार्वजनिक भएको हो । 

गाउँ सहर डेस्क

तपाईँको मत