प्रविधि

पाल्पाको सबै स्थानीय तहमा पुग्यो फोरजी सेवा

पाल्पा । टेलिकमको फोरजी सेवा पाल्पाको सबै स्थानीय तहमा पुगेको छ । सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले जिल्लाको सबै पालिकाहरुमा चौथो पुस्ताको मोबाइल प्रविधि फोरजी सेवा पु्र्‍याएको हो ।

नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाका प्रमुख ढाकाराम पौड्यालका अनुसार पाल्पाको सबै स्थानीय तहमा उपकरण जडान कार्य सम्पन्न भई सेवा सञ्चालनमा आइसकेको जानकारी दिएका छन् ।फोरजी कभरेज नभएका केही नयाँ स्थानमा पनि फोरजी विस्तारका लागि सर्भे तथा जडानको काम भइरहेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाका इन्जिनियर विशाल भण्डारीले बताएका छन् ।

फोरजी नेटवर्क कभरेज संगै जिल्लाको समग्र स्थानिय तहमा प्राविधिक विकासमा मद्धत पुग्ने विश्वास लिइएकोे छ । यसले सबै स्थानीय तहको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा ठुलो योगदान पुग्नेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत