गाउँ सहर

रामेछापका कुन स्थानीय तहलाई कति वित्तीय समानीकरण अनुदान सिफारिस ?

रामेछाप । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम २६ अर्ब ६८ करोड ५० लाख, सूत्रमा आधारित ५७ अर्ब ७९ करोड ५० लाख र कार्यसम्पादनमा आधारित ३ अर्ब ५२ करोड गरी ८८ अर्ब रुपैयाँ सिफारिस गरेको हो।

वित्त आयोगको सिफारिसकै आधारमा आगामी बजेटबाट संघीय सरकारले वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनुपर्ने हुन्छ। आयोगले यो न्यूनतम आवश्यकता, सूत्रमा आधारित र कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान उपलब्ध गराउँछ।

१३ जिल्ला रहेको बागमती प्रदेशको ११९ स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै अनुदान काठमाडौं महानगरपालिकाले ६७ करोड ४८ लाख पाउने भएको छ भने सबैभन्दा कम सिन्धुलीको ध्याङ्लेख गाउँपालिकाले ६ करोड ९५ लाख पाउने भएको छ।

रामेछापका कुन पालिकालाई कति?

रामेछापकोे उमाकुण्ड गाउँपालिकाले ११ करोड ३ लाख रुपैंया आागमी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ । 

गोकुलगंगा गाउँपालिकाले ११ करोड ७६ लाख, लिखु तामाकोशी गाउँपालिकाले १२ करोड १२ लाखप्राप्त गर्ने भएको छ । 

त्यसैगरि रामेछाप नगरपालिकाले १४ करोड १४ लाख, मन्थली नगरपालिकाले १८ करोड २१ लाख, खाँडादेवी गाउँपालिकाले १३ करोड ५ लाख, दोरम्भा गाउँपालिकाले ११ करोड ६८ लाख, र सुनापति गाउँपालिकाले १० करोड ७३ लाख रुपैंया आागमी आर्थिक बर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत