समाज

७ लाख २३ हजार बराबरको सामान बरामद

बीरगंज । भारतबाट अवैध रूपले नेपाल भित्र्याउँदै गरेको अवस्था प्रहरीले बीरगंज महानगरपालिकाको विभिन्न स्थानबाट ७ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको मालसामान बरामद गरेको छ ।

बीरगंज महानगरपालिकाको नगवा, इनर्वा गाउँ, खलवाटोला, शंकराचार्य गेट, रजत जयन्ती चोक, गण्डक लगायतका स्थानबाट भन्सार छलीको मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिएका छन् ।

राजस्व छली भित्र्याइएको अवस्थामा बरामद भएका मालसामानहरूमा जुत्ता, चप्पल, रेडिमेन्ट कुर्ता, सुरुवाल, कपडा लगायतका सामाग्री रहेका छन् ।

बरामद गरिएका सामान थप कारबाहीको लागि बीरगंज भन्सार चलान गरिएको प्रहरीले जनाएको छ ।

विगत केही दिन यता सीमा क्षेत्रबाट अवैध समानको आयात तथा तस्करीमा वृद्धि भएपछि प्रहरीले कडा निगरानी राख्दै आएको बताइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत