समाज

अवैध लागूऔषध सहित एक जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध सहित शुक्रबार राति एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा धोबिनी गाउँपालिका–२ बस्ने ३० वर्षीय अरबिन्द कुमार सहनी रहेका छन् । उनलाई जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकबाट २ हजार ४ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र ईलाका प्रहरी कार्यालय सिमराको संयुक्त प्रहरीले नाम्बर४३ प ८१०७ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक सहनीको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत