स्वास्थ्य

२० लाख बालबालिका कुपोषणको चपेटामा : राष्ट्रसंघ

एजेन्सी । द्वन्द्वग्रस्त मुलुक यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने राष्ट्रसंघले आकलन गरेको छ । 

संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले सार्वजनिक गरेका विवरणहरुका अनुसार उनीहरु ५ बर्षभन्दा कम उमेरका बालबालिकाहरु रहेका छन् ।

लामो समयदेखिको द्वन्द्वका कारण अति गरिब मुलुकमा पर्न गएको यमनमा द्वन्द्व र गरिवीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ । यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ ।

भोकमरीमा पर्ने र मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्ष भन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । भोकमरीबाट प्रभावितहरूको सङ्ख्या बढेपछि उनीहरूका लागि सहयोगको पनि अभाव हुने एजेन्सीको आकलन रहेको छ । यसले यमनमा मानवीय सहायतासम्वन्धी सहयोगमा पनि असर पर्ने अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रसंघीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरूलाई कुपोषणको खतरा रहेको बताएका छन् ।

विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लीले भने, ‘अहिले देखिएको तथ्याङ्कले यमनमा मानवीय सहायताको अभाव अझ बढी हुनसक्ने देखिएको छ, हरेक बालबालिकाले बाँच्न र कुपोषण मुक्त हुनका लागि संघर्ष गर्नुपर्ने भएको छ,’।

उनले सार्वजनिक गरेको तथ्य तथा विवरणहरु खाद्य तथा कृषि संगठन, युनिसेफ र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा तयार परेको अधिकारीहरुले बताएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत