भागरथी हत्या प्रकरण : प्रहरीद्वारा शंकास्पद आधा दर्जनमाथि सुक्ष्म निगरानी
- गाउँ सहर संवाददाता
- २८ माघ बुधबार, २०७७ | १४:२९:०० मा प्रकाशित
धनगढी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले चाडै सकारात्मक परिणाम आउने संकेत गरेको छ ।
बलात्कारपछि भट्टको हत्या गरेको आशंकामा दर्जनौँ व्यक्तिलाई नियन्त्रण लिएर अनुसन्धान गरिसकेको प्रहरीले अहिले शंकास्पद झण्डै आधा दर्जन व्यक्तिमाथि सुक्ष्म निगरानी गरिरहेको छ ।
प्रहरीका अनुसार अहिले ती मानिसहरुको संलग्नता पुष्टि गर्ने प्रमाण भिडाउने काम भइरहेको छ। निर्मला हत्या प्रकरणको पुनरावृत्ती नहोस भन्ने उद्देश्यले चनाखो भएर काम गरिरहेको प्रहरीले ती व्यक्तिहरुको संलग्नता पुष्टि गर्न आवश्यक पर्ने सबै प्रमाण जुटाएर मात्र सार्वजनिक गर्ने बताएको छ ।
फेसबुक र मोबाइलको विश्लेषणका क्रममा अनुसन्धानलाई सघाउने गतिलो प्रमाण फेला नपरेपछि केही निराश बनेका प्रहरी अधिकारीहरु अहिले भने पहिलेको भन्दा उत्साहित देखिएका छन्।
अबको ३ दिन भित्र भागरथीको बलात्कारपछि हत्या प्रकरणमा संलग्नको पहिचान हुने सम्भावना प्रबल रहेको प्रहरीले जनाएको छ । यद्यपी अहिलेसम्म शंकास्पद व्यक्तिहरुमाथि प्राप्त सबुत प्रमाण भिडाइ नसकेकाले समय थप लम्बिन पनि सक्ने प्रहरीको भनाइ छ ।
थप प्रहरी परिचालन
घटनाको अनुसन्धानका लागि ४ दिनदेखि बैतडीमै रहेका सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले धनगढीबाट थप प्रहरी परिचालन गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयका एसएसपी, केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपीको टोलीले गरिरहेको अनुसन्धानलाई सघाउन थप प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।
उनले ठुला अपराध अनुसन्धानमा सफल प्रहरी अधिकृतहरुलाई पनि भागरथी हत्या प्रकरणको अनुसन्धानका लागि खटाइएको बताएका छन् । ‘अनुसन्धानलाई सफल र छिटो टुङ्गोमा पुगाउन हामीले आवश्यकता अनुसार प्रहरीहरु पठाइरहेका छौँ,’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, ‘त्यस क्षेत्रमा पहिले खटिएका प्रहरीहरुले समेत अनुसन्धानमा सहयोग गरिरहेको अवस्था छ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस