दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान गर्ने
- गाउँ सहर संवाददाता
- २९ चैत शुक्रबार, २०८१ | १५:०५:०० मा प्रकाशित
काठमाडौँ । दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान गर्ने भएको छ ।
प्रहरीको कसुर दर्ता किताबमा अहिले उनीबिरुद्ध ३ वटा कसुर दर्ता गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को अनुसूची ७ अन्तर्गत प्रहरीले कसुर दर्ता गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने कानुनी व्यवस्था छ ।
चैत १५ मा उनले चलाएको गाडीले प्रहरीलाई नै किच्ने गरी दौडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीलाई किच्न खोजेको आरोप छ । प्रहरी प्रधान कार्यालयको दाबी अनुसार प्रसाईं र उनका सुरक्षा गार्ड शुक्रवार बिहान झापाको भद्रपुरबाट पक्राउ परेका हुन् ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले पूर्व राजाको पक्षमा आयोजना गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए । प्रदर्शनकारीले गरेको तोडफोडबाट निजी सम्पत्तिमा क्षति पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस