अर्थतन्त्र

४४ लाख ४२ हजार राजस्व सङ्ंकलन

रोल्पा ।  त्रिवेणी गाउँपालिका रोल्पाको नवौँ गाउँसभा गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा मंगलवार सम्पन्न भएको छ ।

गाउपालीका अध्यक्ष शान्त कुमार वली को अध्यक्षतामा भएको गाउसभा मा उपाध्यक्ष साबित्रा वुढा (घर्ती) प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, ७ वटा वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु विभिन्न शाखाका कर्मचारीहरु लगाएतको सहभागीता भएको थियो ।

त्रिवेणि गाउपालीका जुगार रोल्पा को यस आर्थीक वर्ष २०७७/२०७८ मा कुल बिनियोजित बजेट ४८ करोड ३७ लाख ९ हजार मध्यबाट हालसम्म १२ करोड ९३ लाख ९ सय ८९ रुपैया खर्च भएको छ । उक्त बजेट सडक,कृषि,पर्यटन,शिक्षा,बिद्युत,खानेपानी लगाएको क्षेत्रमा खर्च भएको हो । भने गाउपालीकाले आफ्नो आन्तरीक श्रोत बाट राजस्व ४४ लाख ४२ हजार रुपैया सङ्कलन गर्न सफल भएको छ ।

त्यसैगरी कर्मचारीको मनोवल उच्च बनाउन १२ जना कर्मचारी लाइ सर्वोत्कृष्ट कार्यसम्पादन गरेको आधारमा पुरस्कृत गर्नुका साथै ९ जना को दरबन्दी कायम हुने गरी नगर प्रहरी राख्ने निर्नय गाउँपालीका को गाउसभाले पारीत गरेको छ ।

रोल्पा जिल्ला मा १० वटा स्थानीय तह मध्य त्रिवेणी गाउपालीका पहीलो हो यो आर्थीक वर्ष मा निजि तथा सामुदायिक बिद्यालय समायोजन गरी पठनपाठन गराउने सामुदायिक बिद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यम बाट पढाइ भइरहेको छ ।

अहिले गाउपालीका मा ८० प्रतिशत बिद्युतिकरण भइसकेको अबस्था छ स्थानीय तह को निर्वाचन हुदा सम्म बिद्युत बिस्तारको लागी पोलसमेत गाडिएको थिएन अध्यारो दियालो ,टुकी को सहारा का गाउघर बिजुली बत्ती उपलब्ध हुदा झिलीमिली छन् ।

पर्यटन बिकाश को लागी शिव गुफा र तत्कालीन माओबादी जनशेना को ब्यारेक रहेको टिला लाइ जनयुद्धस्मृति राष्ट्रीय सङ्ग्रालय को रुपमा युद्ध पर्यटकीय क्षेत्रको चिनारी मा बिकाश गर्दै अगाडि बढाउन काम भइरहेको छ ।

सडक सञ्जाल प्रत्येक एक गाउ देखी अर्को गाउसम्म जोडिदै छ भने स्तरउन्नती सङगै सडक कालो पत्रेको काम तिव्ररुपमा भइरहेको देखिन्छ । खानेपानी घरघरमा पुर्याउने, बुढागाउमा रहेको रोल्पा जिल्ला को एक मात्र सिमेन्ट उद्योग लाइ निरन्तर सञ्चानमा ल्याउने लक्ष्य गाउँपालीका को छ ।

सामाजिक न्याय सहितको आर्थिक विकास,न्यायोचित बितरण सहित को आर्थिक समृद्धीको नारा लिएर त्रिवेणी गाउपालीका रोल्पा जनताको कममा खटिरहेको अध्यक्ष शान्त कुमार वली ले जानकारी गराएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत