गाउँ सहर

सय किलो सुन प्रकरणमा राकेश अडुकियाको घरमा राजस्वकाे छापा

काठमाडाैं । राजस्व अनुसन्धान विभागले सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको छ। अवैध सय किलो सुन प्रकरणमा कमलपोखरीस्थित उनको घरमा बुधबार राजस्वले छापा मारेको हो। 

 

विभागका एक अधिकारीका अनुसार आज उनको घरमा छापा मारी केही सामान जफत समेत गरेको जनाएको छ।

उनी यसअघि गोर्खा विकास बैंकको घोटलामा विवादित बनेका व्यक्ति हुन्। उनको पछिल्लो ट्राभल हिष्ट्रका आधारमा अनुसन्धानले निगरानी बढाएको थियो। 

अनुसन्धानका क्रममा बुधबार अनुसन्धान विभागले उनको घरमा छापामा मारेको हो।

गाउँ सहर संवाददाता

तपाईँको मत