भिडिओ

‘तँ त कस्तो भाग्यमानी’ म्युजिक भिडीयो सार्वजनिक (भिडियो)

काठमाडौँ । ‘तँ त कस्तो भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ । विकास लामिछाने र अप्सरा तिमिल्सिनाको अभिनय रहेको सार्वजनिक गीतमा  गीतकार सुवासचन्द्र ढुंगेलको शब्द ,प्रविण बेडवालको स्वर र हरि लम्सालको संगीत रहेको छ ।

सरोज प्रधानको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । निकेश खड्काले निर्देशन गरेको भिडियोमा वियोगको कथा समेटिएको छ । 

गीतको म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन ,समरा जोशीको मेकअप र रुपेश खड्काको सम्पादन देख्न सकिन्छ।  गीतलाई महेश भट्टराईले निर्माण गरेका हुन् ।

गाउँ सहर डेस्क

तपाईँको मत