दुर्घटनाको मुख्य कारण बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्नु
- गाउँ सहर डेस्क
- २७ माघ मंगलबार, २०७७ | १३:३०:०० मा प्रकाशित
कावासोती । बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्दा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रहेका धेरै सवारी समयमा नहटाउँदा दुर्घटनाको जोखिम बढेको हो । जिल्लाको दाउन्ने क्षेत्रमा बिग्रिएका सवारीका कारण झनै दुर्घटनाको जोखिम बढेको छ । साथै यस क्षेत्रमा बिग्रिएका सवारी समयमा नहटाउदा जामको समस्यासमेत हुने गरेको छ ।
दाउन्ने क्षेत्र अत्यधिक दुर्घटना हुने क्षेत्र भनेर चिनिन्छ । पहाडको उकालोओरालो, अप्ठेरो र घुम्ती धेरै हुँदा दुर्घटना बढी हुनेगर्छ । त्यसमाथि बिग्रेका सवारी छिट्टै व्यवस्थापन गर्न नसक्दा दाउन्ने क्षेत्रमा घण्टौँ जाम हुने समस्या हुँदै आएको छ ।
विनयी त्रिवेणी गाउँपालिकादेखि बर्दघाट नगरपालिकासम्मको १४ किलोमिटर क्षेत्रको दाउन्ने पहाडमा दैनिकजसो छ सात वटा सवारी बिग्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख मुनेन्द्र थापा जानकारी दिएका छन् ।
धेरै भार बोकेका ट्रक बढी बिग्रने गरेको थापाको भनाइ छ । उकालोमा लोड तान्न नसक्दा ट्रक बिग्रने गरेको उनी बताउँछन् । ‘दैनिकजसो छ सातवटा गाडी बिग्रेकै हुन्छ, कहिले बीच बाटोमै बिग्रन्छ , कहिले घुम्तीमै बिग्रन्छ । त्यसले गर्दा जाम हुने, दुर्घटना हुने धेरै समस्या पारेको छ ।’ थापाले भने,“सडको बिचमा र घुम्तीमा सवारी बिग्रदा निकै समस्या हुने गरेको उनी बताउँछन् ।” ‘बिग्रेका गाडीले जाम नगराओस्, दुर्घटना नगराओस् भनी ट्राफिक खटाउनपर्छ , कुरेर बस्नुपर्छ । तेही पनि कहिले त घण्टौँ जाम हुन्छ । जाडोको समयमा कुहिरोले रोकेका गाडी राम्ररी देखिन्न, त्यही गाडीमा अर्को गाडी ठक्कर खाएर दुर्घटना हुन्छ । ’ थापाले भने ।
बिग्रेका सवारी तुरुन्तै हटाउन (साइड) लाउन नसक्दा पनि झनै समस्या हुने गरेको उनी भन्छन्, “लोड ट्रक क्रेनले हटाउन सक्दैनन्, बनाउनैपर्ने हुन्छ । सवारी चालकले कहिले आवश्यक पाटपूर्जा नजिकै पाउदैनन् । कहिले साहुसँग सम्पर्क हुनसकेन भन्छन् । कहिले मिस्त्री पाइएन भन्छन् । जसका कारण बिग्रेको सवारीलाई तुरुन्तै हटाउन हामी सक्दैनौ । ”
दुर्घटनाको जोखिम कम गर्न र जाम हुने समस्या समाधानका लागि बिग्रेका सवारीको छिटो व्यवस्थापन गर्नु नै उत्तम विकल्प भए पनि आफूहरु त्यसो गर्न असमर्थ रहको थापा बताउँछन् । दाउन्ने क्षेत्रमा यात्रा गर्दा चिसो समयमा कुहिरो लागेका बेला चालक आफैँले सर्तकतापूर्वक सवारी चलाउन उनले आग्रह गरेका छन् । क्षमताभन्दा बढी भार बोक्ने सवारीलाई कारवाहीको दायरामा ल्याउन सके केही हदसम्म यो समस्या कम गर्न सकिने उनले बताए ।
नवलपरासी पूर्वमा पर्ने पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा सडकको कालोपत्र उप्किएर ठूलाठूला खाल्डो हुँदा आवतजावत गर्नेले निकै सास्ती भएको गुनासो गरेका थिए । दाउन्ने क्षेत्रको सडक पूरै जीर्ण बनेको थियो । गुनासो आएपछि अहिले सडक विभागले दाउन्ने क्षेत्रको सडक मर्मतसम्भार गरेको छ । ग्राभेल विछ्याएर रोलरले च्यापेर बाटो सम्याइएको छ भने, धुलो उड्न नदिनका लागि नियमित रुपमा पानी राख्ने गरेको छ । बाटोको मर्मत भएपछि अहिले आउजाउ गर्न सहज भएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस