गाउँ सहर

१०३ प्राविधिक हवल्दारको असईमा बढुवा, ८८ असईको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका जनपद तर्फका १ सय ३ प्रहरी हवल्दार प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा भएका छन् ।

प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट माघ २३ गते प्राविधि प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उप—समूह, सञ्चारतर्फको प्रहरी हवल्दारको बढुवा भएको हो । त्यसै दिनको बैठकले बढुवासँगै पदस्थापन पनि गरेको हो ।

बढुवा भएकालाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत अहिले दरवन्दीबाट खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बढुवा भइ पदस्थापन भएको प्रहरी सहायक निरिक्षक (असई) लाई दर्ज्यानी चिह्न प्रदान गर्न भने बाँकी रहेको जनाएको छ ।

माघ २३ गतेकै प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट ८८ जना प्रहरी सहायक निरिक्षकको सरुवा पनि भएको छ । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलित नियम अनुसार तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत