विश्व

भारतमा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता

  • एजेन्सी
  • २५ माघ आइतबार, २०७७ | १७:०७:०० मा प्रकाशित

काठमाडाैं । भारतमा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएका छन् । 

उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र अहिलेसम्म ९ जनाको शव बरामद भइसकेको बीबीसीले जनाएकाे छ ।

उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको बताइएको छ । कैयन् गाउँहरूबाट मानिसहरूलाई अन्यत्र पठाइएको छ । अधिकारीहरूले करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने बताएका छन् ।

चमोली जिलाको धौलीगङ्गा नदीमा तेज गतिमा पानीको प्रवाह भएको देखिएको छ जसले बाँध भत्काइदिएको छ । हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन् । भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ ।

एजेन्सी

तपाईँको मत