मलेसियामा प्रतिमहिना सरदर २३ नेपाली मृत्यु, अझै २२ नेपालीको शव बाँकी
- गाउँ सहर संवाददाता
- २५ माघ आइतबार, २०७७ | ०८:५४:०० मा प्रकाशित

मलेसिया । वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमध्ये दैनिक झण्डै एकजनाको मृत्यु हुने गरेको छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना तथा कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।
मलेसियामा प्रतिमहिना औषतमा २३ नेपाली नेपाली मृत्यु भएको पाइएको छ ।
मलेसियामा प्रति महिना औषतमा २३ जनासम्म नेपालीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताएका छन् ।
धेरैजसो आत्महत्याका घटना छन् । गत वर्ष मलेसियामा ४६ जना नेपालीले अत्महत्या गरेको कार्कीले बताए ।
गत वर्ष मलेसियामा २ सय ८४ नेपाली श्रमिकको मृत्यु भएको थियो ।
द्वतीय सचिव कार्कीले दिएको जानकारी अनुसार सन् २०१९ मा २ सय ९८ नेपालीको मृत्यु भएकोमा ४९ वटा आत्महत्याका घटना छन् । सन् २०१८ मा पनि ४५ जना नेपालीले आत्महत्या गरेका थिए । सो वर्ष मलेसियामा ३ सय ४५ जनाको मृत्यु भएको थियो ।
मलेसिया अझै २२ नेपालीको शव स्वदेश पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस