पाँच लाख ९५ हजार ७५० श्रमिक सीपसहित वैदेशिक रोजगारीमा
- गाउँ सहर संवाददाता
- ११ भदौ मंगलबार, २०८१ | १७:१७:०० मा प्रकाशित

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा ८० प्रतिशत सीपयुक्त श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आवमा सात लाख ४१ हजार २९७ श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा गएकामध्ये पाँच लाख ९५ हजार ७५० श्रमिक सीपसहित रोजगारीमा गएको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार गत आवमा ७३२ उच्च सीपसहितका श्रमिक वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । जसमध्ये १९५ जना महिला र ५३७ जना पुरुष रोजगारीमा गएका छन् । साही अवधिमा दुई हजार ७७२ जना व्यवसायिक श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये दुइ हजार ४०७ जना पुरुष छन् भने ३६५ जना महिला श्रमिक छन् ।
गत आवमा ६० हजार १२३ जना अर्ध्वदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । जसमध्ये ५३ हजार ४५७ पुरुष छन् भने ६ हजार ६६६ महिला श्रमिक छन् । त्यस्तै, सो अवधिमा पाँच लाख ३२ हजार १२३ जना दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । जसमध्ये एक लाख २२ हजार ८५४ पुरुष छन् भने २२ हजार ६९३ महिला रहेका छन् ।
केही समय अघि अर्ध्वदक्ष श्रमिकको लागि मुख्य स्रोत मुलुकको रुपमा चिनिने नेपाल विस्तारै दक्ष श्रमिक पठाउन मुलुकमा रुपमा रुपान्तरण हुँदै गएको तथ्यांकले देखाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस