याे वर्ष वैदेशिक रोजगारीका क्रममा १३ सय बढि नेपालीले ज्यान गुमाए
- गाउँ सहर संवाददाता
- १७ श्रावण बिहीबार, २०८१ | १५:०६:०० मा प्रकाशित
काठमाडौँ । याे वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ३०५ नेपाली श्रमिकको विदेशमा ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डले सार्वजानिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४१ महिलासहित १ हजार ३०५ नेपाली श्रमिकको विदेशमा मृत्यु भएको हो । अघिल्लो आर्थिक वर्ष विदेशमा मृत्यु भएर बोर्डबाट आर्थिक सहायता लिनेको संख्या १ हजार २०८ रहेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा विदेशमा मृत्यु हुने नेपालीको संख्या १३८ जनाले बढेको छ ।
सरकारले एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग र बिरामीलगायतका परिवारलाई करिब एक अर्ब आर्थिक सहयोग वितरण गरेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु, अंगभंग, बिरामी भएका र अन्य शीर्षकमा सो रकम सहयोग गरेको हो । विदेशी भूमिमा रोजगारीकै क्रममा ज्यान गुमाउँदा उनीहरुका आफन्तलाई मात्र वैदेशिक रोजगार बोर्डले ७० करोड आर्थिक सहयोग गरेको थियो । यो रकम अंगभंग, बिरामी तथा शव व्यवस्थापन खर्चबाहेकको रकम हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस