अर्थतन्त्र

“डिशहोममा  डिलर दाईको डिस्काउन्ट” : अब केहि दिन मात्र बाँकी

काठाडौँ । डिशहोममा  डिलर दाईको डिस्काउन्ट अब केही दिन मात्र बाँकी रहेको छ ।  डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “ डिशहोममा  डिलर दाईको डिस्काउन्ट” नामक अफर संचालन गरेको ग्राहकहरुलाई सर्वविधितै छ । जस अन्तर्गत हालसम्म ८८ जना भाग्यशाली ग्राहकले जनही एक लाख नगद जिति सकेका छन् भने अन्य बार्षिक रिचार्ज गर्नेे ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन् ।

 

जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएका छन् । २०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अव भने केहि दिन मात्र वाँकी रहेको डिशहोमले जनाएको छ । माघ २९ गते सम्मका लागि यो योजना लागु हुनेछ । नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत Fund Transfer वा कुनै पनि अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गरे बापत Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ । 

Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने डिशहोले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत