गाउँ सहर

भजन किर्तनमा ताली बजाउनुको धार्मिक र वैज्ञानिक महत्व जानिराखाैँ

जब हामी कुनै मन्दिरमा पुग्छौं वा हाम्रो घरमा पूजाआजा गर्छौं, तब भजन किर्तनमा हामी ताली बजाउँछौं । त्यसाे त हामी कसैलाई हौसला दिन, कसैप्रति कृतज्ञता जनाउन, स्यावासी दिन, कसैले घतलाग्दो कुरा गर्दा ताली पड्काउँछौं । 

तालीले हाम्राे शरीरमा एक सकारात्मक उर्जा पैदा गर्दछ । ताली, सामान्य प्रतिकिया देखिएपनि अर्थपूर्ण शारीरिक क्रिया हो । यसबाट प्रकट हुने भावलाई हामीले अनुभूत गरेका छौं । ताली बजाइरहँदा पैदा हुने उमंगलाई पनि हामीले अनुभूत गरेका छौं । ताली बजाउनुको सम्बन्ध भावनात्मक उत्साह, उमंग र खुसीसँग मात्र छैन । यसले स्वास्थ्यमा पनि फाइदा गर्छ । किनभने हाम्रा दुबै हत्केला जब आपसमा ठोकिन्छन्, घर्षण हुन्छन्, त्यसले शारीरिक रुपमा पनि केही लाभ मिल्छ ।

आखिर भजन किर्तनमा किन ताली बजाइन्छ ? 

भजन किर्तनमा ताली बजाउनुको धार्मिक आस्थाको कुरा मात्र होइन, वैज्ञानिक महत्वको कुरा पनि हो । 

भजन किर्तनमा ताली बजाउँनुलाई शुभ सूचक मानिन्छ । ताली बजाइरहँदा हाम्रो मनको चिन्ता, तनाव, कुष्ठा हट्छ । हामीमा उमंग भाव पैदा हुन्छ । मन खुसी र उत्साहित हुन्छ । मन सकारात्मक हुन्छ ।

हताली बजाउनु एक सहज योग पनि हो । यदि हामी नियमित रुपले ताली बजाउँछौ भने हामीलाई हठयोगको आवश्यक नपर्ने बताइन्छ ।

के छ वैज्ञानिक महत्व ?

चिकित्सकले भन्दै आएका छन् कि, हाम्रो हातमा एक्युप्रेशर प्वाइन्ट अत्याधिक हुन्छ । एक्युप्रेसर पद्धतीमा यिनै हत्केलामा दबाइएर कतिपय उपचार गरिन्छ । यस्ता उपचार निकै प्रभावकारी हुने र साइडइफेक्ट पनि नहुने बताइन्छ । एक्युप्रेशर उपचार विधी सदियौंदेखि प्रचलित एक प्रभावकारी उपचार विधी हो ।

जब हामी ताली बजाउँछौं, हत्केलाको एक्युप्रेशर प्वाइन्टमा राम्रो दबाव पछृ । यसले हृदयरोग, फोक्सोको रोग जस्ता अन्य थुप्रै रोगबाट मुक्त गराउँछ ।

ताली बजाउनु एक किसिमको व्यायाम ने हो । यसले रक्तसंचारमा हुने अवरोधलाई हटाउँछ र रगत शुद्धिकरण गर्छ । स्वास्थ्य र निरोगीका लागि ताली बजाउनु एकदमै फाइदाजनक काम हो । यसले स्वास्थ्य लाभ, मानसिक शान्ति, उर्जा मिल्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत