अर्थतन्त्र

चन्द्रागिरीको आईपीओ डिम्याट खातामा जम्मा

काठमाडौँ । चन्द्रागिरी हिल्सको साधारण शेयर (आईपीओ) लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कम्पनीको आईपीओ बुधबार गोलाप्रथाबाट शेयर प्राप्त गरेका शेयरधनीको खातामा जम्मा गरेको हो ।

कम्पनीको साधारण शेयर सिजिएज (CGH) संकेतमा जम्मा भएको छ । यसअनुसार कम्पनीको शेयर कारोबारका लागि यहि कारोबार संकेत प्रयोगमा आउनेछ ।

कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा जम्मा भएपनि नेप्सेमा सूचीकरण सम्झौता पछि दोस्रो कारोबारपछि मात्र धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले आगामी साताको आइतबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबार गराउने जनाएको छ । बिहीबार नेप्सेमा सूचीकरण गराउने कम्पनीको तयारी रहेपनि नेकपाको आम हड्तालका कारण शुक्रबार मात्र सम्झौता हुनेछ ।

चन्द्रागिरी हिल्सले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

माघ ९ गते शुक्रबार बाँडफाँड गरिएको उक्त शेयर १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत