दोल्ती पावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला
- गाउँ सहर संवाददाता
- २८ चैत मंगलबार, २०७९ | १३:३०:०० मा प्रकाशित

काठमाडौँ। दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि मंगलबारबाट आईपीओ निष्कासन गरेकोछ ।
उक्त सेयरमा आवेदन दिने समय २०८० वैशाख ३ गतेसम्म रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार दोल्तीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
यसमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरलाई ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ प्रदान गरेको छ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
प्रतिकृया दिनुहोस