अर्थतन्त्र

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यू आर सेवा संचालन

काठमाडौँ । नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यू आर कोर्ड सेवा संचालनमा आएको छ । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि क्यू आर कोर्ड मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको हो । उपत्यकाभित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेससंग बैंकले सम्झौता गरी क्यू आर कोड मार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरेको जनाएको छ । उक्त कार्यक्रमको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका छन् । कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ्ग, बैंकका कर्मचारीहरु, यातायात व्यवसायी तथा ग्राहकवर्गहरुको उपस्थिती रहेको थियो ।

 

नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाईने,नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुनसुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यू आर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत