अर्थतन्त्र
मुक्तिनाथ बैंकको मुद्दती खाताहरुमा १२ % देखि १३ % सम्म ब्याजदर पाइने
- गाउँ सहर संवाददाता
- १० जेठ मंगलबार, २०७९ | १५:१८:०० मा प्रकाशित

काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई व्यक्तिगत मुद्दती खाताहरुमा यो जेष्ठ महिनाका लागि अत्यन्त लाभदायी अफर ल्याएको छ ।
बैंकले यो जेष्ठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ % को वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ % वार्षिक ब्याजदर प्रदान गरेको छ । बैंकमा न्यूनतम रु ५,००० को मुद्धती खाता खोल्न सकिने छ र अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्ष सम्म ग्राहकले रोज्न सकिने उसले बताएकाे हाे ।
यस खाताबाट बचत गर्न चाहने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस