शेर्पा समुदायकाे क्षमता अभिवृद्धिमा क्रियाशील रहने नेपाल शेर्पा संघ बागमति प्रदेश समितिको निर्णय
- गाउँ सहर संवाददाता
- १७ माघ शनिबार, २०७७ | १८:४८:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । नेपाल शेर्पा संघ बागमति प्रदेश समितिले शेर्पा समुदायकाे क्षमता अभिवृद्धि, सीपमुलक क्षेत्र प्रवर्धन, श्रोत उत्पादन र परिचालन लगायतको क्षेत्रमा थप सक्रिय भएर काम गर्ने जनाएकाे छ ।
शनिवार नेपाल शेर्पा संघ बागमति प्रदेश समितिकाे वैठकले उक्त विषयहरूमा छलफल तथा कार्यान्वयनकाे समिक्षा गरिएकाे समितिका सचिव दावा सङ्वु शेर्पाले बताए ।
नेपाल शेर्पा संघ केन्द्रिय अध्यक्ष गोल्जे लामा शेर्पाको प्रमुख अतिथ्य तथा नेपाल शेर्पा संघ बागमति प्रदेश समितीका अध्यक्ष आङछिरीङ शेर्पाको अध्यक्षतामा बसेकाे बैठकमा जिल्ला स्तरीय प्रतिनिधीहरु, प्रदेश स्तरीय कार्यसमिती, सल्लाहकार समिती लगायतको उपस्थितीमा जातीय,सामाजिक,धार्मिक, सांस्कृतिक प्रवर्धन अन्तर्गत वर्तमान ल्होसार पर्व, शेर्पा जनगणना, मातहतका कमिटी सकृयता लगायत अन्य प्रवर्धनात्मकमुलक क्रियाकलापहरु समेतमा विशेष छलफल भएकाे थियाे ।
प्रदेश समिती सचिव दावा सङ्वु शेर्पाले सञ्चालन गरेकाे कार्यक्रममा लामो समय लकडाउन कोभिड -१९ को प्रभावका कारण एक वर्षपछि विशेष योजना बिगतको समिक्षात्मक विश्लेषणसहित वर्तमान योजनामुखी निर्णायक बैठक बसकाे हाे ।
अब क्षमता अभिवृद्धि, सीपमुलक, क्षेत्र प्रवर्धन, श्रोत उत्पादन र परिचालन लगायतको क्षेत्रमा संघ लागिपर्ने समेत केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस