रामेछापमा नेपाल शेर्पा संघकाे आफ्नै भवन निर्माण
- गाउँ सहर संवाददाता
- ३ पौष शुक्रबार, २०७७ | २०:२०:०० मा प्रकाशित
रामेछाप । रामेछाप नेपाल शेर्पा संघकाे कार्यालय भवन निर्माण सम्पन्न भएकाे छ ।
निर्माण सम्पन्न भवनकाे शेर्पा संघका केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाले उद्घाटन गरेका छन् ।
शेर्पा जातीय संस्था प्रवर्धन एवम् संस्थागत तवरले सञ्चालन गर्ने उद्देश्य अनुरूप करिब ३० लाख चन्दा सहयाेगबाट भवन निर्माण सम्पन्न भएकाे संस्थाका पूर्वअध्यक्ष ङ्वातेम्बा शेर्पाले बताए ।
उक्त संस्थाकाे नाममा कार्यालय भवन निर्माणकाे लागि बाबुकाजी शेर्पाले आठ आना जग्गा निशुल्क दिएकाे संस्थाका अध्यक्ष नुरू शेर्पाले जानकारी दिए ।
.jpg)
नुरू शेर्पाकाे अध्यक्षता तथा शेर्पा संघका केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रम आङ ओङ्दी शेर्पाले सञ्चालन गरेका थिए ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष पेम्बा लामा शेर्पा, केन्द्रिय सह-काेषाध्यक्ष बाबुकाजी शेर्पा, सल्लाहकार लाक्पा तेन्जी शेर्पा, विशेष धर्म गुरू बागमती प्रदेश समिति अध्यक्ष आङछिरिङ शेर्पा, सचिव दावा सङ्बु शेर्पा, सदस्य तेम्बा शेर्पा लगायतकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
.jpg)
कार्यक्रममा आर्थिक सहयाेग गर्ने, जग्गादान गर्ने तथा अन्य सहयाेग गर्ने दाताहरूलाइ केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाले प्रमाणपत्रसहित खादा ओढाएर सम्मान तथा प्रशंसा गरेकाे संस्थाका सचिव कर्मरिन्जे शेर्पाले बताए ।
साेही कार्यक्रमकाे अवसरमा केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाले थाेङ्बु गुम्बामा लत्ता कपडासहित सामग्री हस्तातरण गरे ।
बाम्ति भण्डारस्थित सिद्धेश्वर माविमा पाेसाक वितरण र छात्रवृत्तिकाे व्यवस्था गर्नका लागि नयाँ भवनकाे लागि थप २ लाख रूपैयाँ सहयाेग गर्ने प्रतिवद्धता गरिएकाे छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस