शेर्पा संघ बागमती प्रदेशद्वारा शेर्पा समुदायका लागि काेराेनासम्बन्धी विशेष अनुराेध
- गाउँ सहर संवाददाता
- २५ असार बिहीबार, २०७७ | ०९:४८:०० मा प्रकाशित
काठमाडाैं । कोरोना भाइरसबाट बच्न तथा न्यूनीकरण तथा कुनै समस्या परेरमा त्यसका लागि नेपाल शेर्पा संघले बागमती प्रदेशले संघको सबै जिल्ला समिति, स्थानीय समितिहरुमा समन्वय र सहकार्य गर्न आग्रह गरेको छ ।
संघले तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न विभिन्न उपायहरु पनि अपनाउन अनुरोध गरेको छ ।
शेर्पा समुदायमा गरिने विभिन्न धार्मिक, साँस्कृतिक, काजकर्म, अत्यावश्यक बाहेक स्थगित गर्न, गर्नेपरेमा स्वास्थ्य मापदण्ड प्रयोग गर्न, उपस्थित सकेसम्म कम भन्दा कम गर्न, नपुगी नहुनेलाई मात्र निमन्त्रण गर्न पनि संघले अनुराेध गरेकाे छ ।
त्यसैगरि, संघले वैदेशिक रोजगारमा गएको ठूलो संख्यामा शेर्पाहरु आउने क्रममा रहेकोले उहाँहरुलाई समन्वय सहकार्य गर्दै स्वास्थ्य मापदण्ड अनुसार क्वारेन्टाइन, आईसोलेशनमा राख्नको लागि सम्बन्धित निकायमा समन्वय गर्ने गराउने, सिधै परिवार र समाजमा भेटघाट नगराउन अनुरोध गरेकाे छ ।
विदेशबाट आउनुहुने शेर्पा समुदायका सदस्यहरुले काठमाडौंकाले निमा शेर्पालाई ९८८४००१९७९, सिन्धुपाल्चोकका लाक्पा शेर्पालाई ९८५११७७३०३, दोलखाको लागि डेण्डु शेर्पालाई ९८६५१२५१३५, दिक्षेन शेर्पालाई ९८०८०५९०३९ र रामेछापका लागि दाबा सङ्बु शेर्पालाई ९८४४३१९३६० मा सम्पर्क गर्न सक्ने पनि संघले जनाएकाे छ ।
त्यस्तै, स्वास्थ्य परामर्शका लागि स्त्री विशेषज्ञ डा. कुन्साङ डोल्मा शेर्पालाई ९८४१६२१७३६ र जनप्रतिनिधि समन्वयको लागि भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पा लामालाई ९८४३०४३५६३ मा सम्पर्क गर्न सकिन बागमती प्रदेश समितिले जनाएको छ ।
साथै भीडभाडमा सकेसम्म नजान, जाँदा अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, अनुहारमा हात नलगाउने, हात नमिलाउने, जथाभावी नछुने, अत्यावश्यक भेट गर्नुपरेमा समाजिक दुरी कायम गर्ने, अस्वस्थ मानिसको नजिक नजाने अनुराेध गरेकाे छ ।
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस