नेपाल शेर्पा संघ बागमती प्रदेश समितिले कोरोना विरूद्ध व्यवस्थापकीय अभियान थाल्ने
- गाउँ सहर संवाददाता
- १४ असार आइतबार, २०७७ | २०:४०:०० मा प्रकाशित

काठमाडाैं । नेपाल शेर्पा संघ बागमती प्रदेश समितिले कोरोना महामारी विरूद्धको व्यवस्थापनको लागि दुई समिति गठन गरेकाे छ ।
आइतबार समितिले वर्तमान कोरोना माहामारी रोकथाम एवम् सुरक्षित बचावटको लागि प्रथम चरणको जुम मिटिङ मार्फत उक्त निर्णय गरिएकाे समितिका सचिव दावा सङ्बु शेर्पाले जानकारी दिए ।
संघका अध्यक्ष आङ छिरिङ शेर्पा, सल्लाहकार संयोजक निमतेन्डुप शेर्पा, सचिव दावा सङ्बु शेर्पा, स्त्री रोग विशेषज्ञ डा. कुन्साङ डोल्म शेर्पा, भोटेकोशी गाउँपालिका उपाध्यक्ष दापुटी शेर्पा लगायत संस्थाको अन्य पदाधिकारीहरूको प्रत्यक्ष सहभागितामा बैठक सम्पन्न भएको थियाे ।
अनलाइन जुम मिटिङ प्रयोग मार्फत संघको आ-आफ्नो राय, सर-सल्लाह, सुझाव एवम् अपेक्षा संकलनसहित भावी दिनमा कोरोना महामारी विरूद्धको व्यवस्थापनको लागि दुई समिति व्यवस्थापन गरि योजनासहितको कार्यान्वयन चरण अगाडी बढाउने निर्णय गरिएको हाे ।
जसमा अन्तर्गत कोरोना महामारी विरूद्धको व्यवस्थापकीय समन्वय समिति र स्वास्थ्य चिकित्सक समन्वय समिति गठन गरिएकाे छ ।
यस अन्तर्गत तत्काल केही जिल्लामा व्यवस्थापकीय संयोजक समेत ताेकेर जिम्मेवारी दिइएको छ । जसमा सिन्धुपाल्चोक जिल्लामा संयोजक लाक्पा शेर्पा, दोलखामा डेन्डी शेर्पा, र दिक्षिन शेर्पा, काठमाडौंका लागि निमा शेर्पा ताेकिएकाे छ भने रामेछापका लागि दावा सङ्बु शेर्पालाई विभागीय संयोजक तोकिएको छ ।
त्यसैगरि स्वास्थ्य चिकित्सक समन्वय समिति संयाेजककाे जिम्मेवारी स्त्री राेग विशेषज्ञ डा. कुन्साङ डाेल्म शेर्पालाई दिइएकाे छ । डा. शेर्पाकै संयाेजकत्वमा चिकित्सकहरूकाे समन्वय तथा परिचालन गरिने बताइएकाे छ ।
भावी दिनमा थप कार्यक्रम तय र योजना छनोट व्यवस्थापकीय समन्वय समितले गर्नेछ भने स्वास्थ्य सम्बन्धी विश्लेषण, योजना तय तथा राय-सल्लाह सुझाव एवम् तथ्याँक संकलन जस्ता कार्य स्वास्थ्य चिकित्सक समन्वय समितिले गर्ने जनाइएकाे छ ।
नेपाल शेर्पा संघसँग आवद्ध रहेका मातहतका संस्थाहरूलाई काेराेना माहामारी विरूद्धकाे व्यवस्थापन अनतर्गत जमघट नहुन सरकारी सेवा पहुँच आफ्नाे जिम्मेवारी, स्वास्थ्य सेवा एवम् पहुँच थप सेवा प्रवर्धन समेतमा जानकारी सहितकाे परपत्र गर्ने जुम मिटिङबाट औपचारिक निर्णय गरिएकाे र काठमाडाैंकाे लागि आन्तरिक विशेष याेजना तय गरी कार्यन्वयनका लागि अगाडि बढाइने संघका सचिव दावा सङ्बु शेर्पाले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस