समाज

तास खेलिरहेको अवस्थामा ४२ हजार नगदसहित ६ जना पक्राउ

ललितपुर । तास खेलिरहेको अवस्थामा नगद सहित ६ जना पक्राउ परेका छन् । तास खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका–२६ सिमाखुस्थित खोटाङ मजुवागढी घर भई सोही ठाउँ बस्ने ४० वर्षीया शर्मिला राईको टहरामा तास खेलिरहेका अवस्थामा राई लगायत ६ जनालाई  पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ४२ हजार ८ सय ७० रुपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत