समाज

एक थान भरूवा बन्दुक बरामद

धनुषा । प्रहरीले एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । धनुषाधाम नगरपालिका–९ थाकलघारीबाट १ थान भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको हो ।

सोही ठाउँ बस्ने मानसिंह सुनुवारले जंगली जनावर मार्न पासो थापेको भरुवा बन्दुक पड्कन गई सोही ठाउँ बस्ने ३५ वर्षीय कर्ण बहादुर मोक्तान घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यज्ञभुमि र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको जनाएको छ । घाइते कर्ण बहादुरको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

फरार मानसिंह सुनुवारको प्रहरीले खोजी कार्य भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत