स्वास्थ्य

काेराेना खोप अभियानको देस्रो दिन, देशभर २८ हजारभन्दा बढीले लगाए

काठमाडौँ । खोप अभियानको देस्रो दिन देशभर २८ हजारभन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लामा कुल २८ हजार ७३२ जनाले खोप लगाएको जानकारी दिएका हुन् ।

खाेप लगाउनेमा प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जना रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत