अर्थतन्त्र

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य पनि बुधबारको तुलनामा रु ५ घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत