समाज

राँगोले हान्दा वृद्धको ज्यान गयो

महेन्द्रनगर ।  राँगोले हान्दा वृद्धको ज्यान गएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको ज्यान गएको हो ।

गएराति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिएका छन् ।

राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ, प्रवक्ता थापाले बताए । आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि बुझाउने प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत