समाज

प्रहरीलाई हातपात गर्ने पक्राउ

झापा । प्रहरीलाई हातपात गर्ने पक्राउ परेका छन् । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१ धरमपुर बस्ने २० वर्षीय सुजन भन्ने कृष्ण राई रहेका छन् । 

डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा उनलाई सोही ठाउँबाट सोमबार दिउँसो प्रक्राउ गरेको प्रहरीले जनाएको छ । 

ग ३ प ७१४० नम्बरको मोटरसाइकललाइ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राई र सोही ठाउँ बस्ने २२ वर्षीय धुर्बे तामाङले प्रहरीसँग विवाद गरी हातपात तथा नजिकै रहेको दाउराले प्रहार गरी अभद्र व्यवहार गरेको पश्चात राईलाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

घटनामा संलग्न फरार धुर्बे तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत