अर्थतन्त्र

मंगलबार उकालो लाग्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलाको ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार ३ स रुपैयाँ र चाँदी १ हजार २५५ रुपैयाँ कायम गरिएको छ । मंगलबार चाँदी ५ रुपैयाँले घटेको छ  ।

सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सय रुपैयाँ, तेजावी ९१ हजार ९ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत