स्वास्थ्य

नयाँ अध्ययनको दावी- धूम्रपान गर्ने र शाकाहारी व्यक्तिमा कोरोनाको खतरा कम

काठमाडौँ । धूम्रपान गर्ने र शाकाहारी व्यक्तिमा कोरोनाको खतरा कम छ । यो जानकारी काउन्सिल अफ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च (सिएसआइआर) भारतको सर्वेबाट खुलासा भएको छ ।

जान्नुहोस् कुन रक्तसमूह कति जोखिममा

सिएसआइआरले देशभरका आफ्ना ४० संस्थानबाट संकलित रिपोर्टबाट यो कुरा बताएको हो । उसले ए र ओ रक्तसमूह भएका मानिसहरुमा पनि कोरोनाको खतरा कम भएको बताउँछ । तर बी र एबी रक्तसमूह भएकामा भने संक्रमणको खतरा बढी रहेको बताएको छ । 

यो अध्ययन प्रिमेडिकल जर्नलमा छापिएको छ । यो अध्ययनमा १०,४२७ जना सहभागी भएका थिए । यसमा सिएसआइआरका कर्मचारी र उनीहरुको परिवारका सदस्यहरुको नमूना लिइएको थियो । यसमा १००० अर्थात १०.१४ प्रतिशत व्यक्तिमा कोरोनाविरुद्धको एन्टिबडी पाइएको थियो ।

अध्ययनका मुख्य लेखक तथा सिएसआइआरका अगूवा बैज्ञानिक शान्तनु सेनगुप्ताका अनुसार ३४६ पोजेटिभ व्यक्तिमा तीन महिनापछि एन्टिबडीको स्तर स्थिर या बढी पाइएको थियो । तर उनीहरुमा भाइरसलाई बेअसर गर्ने प्लाज्मा एक्टिभिटी कम भइरहेको थियो ।

६ महिनापछि जब पुनः नमूना लिइयो तब थाहा भयो कि ३५ व्यक्तिमा एन्टिबडीको स्तर कम भइरहेको थियो । तर प्लाज्मा एक्टिभिटी हाई लेभलमा थियो ।

अन्य देशको अध्ययनले पनि बताउँछ धूम्रपान गर्नेलाई कोरोनाको खतरा कम

शान्तुनका अनुसार, हाम्रो अध्ययनबाट सबैलाई चकित पार्ने कुरा यो आएको छ कि स्मोकर्सलाई कोरोना संक्रमणको खतरा कम छ । जबकि यसले फोक्सोलाई नोक्सानी पुर्याउँछ भन्ने पहिले थाहा भएको थियो । तर यहाँ स्मोकिंगले फोक्सोलाई कोरोनाबाट बचाइरहेको छ । यो एक गहन अध्ययनको विषय हो । भारतको अलवा अमेरिका, इटली, फ्रान्स र चीनमा भएको अध्ययनबाट पनि थाहा भएको छ कि स्मोकर्सलाई कोरोनाको खतरा कम छ ।

आफ्नै गाडीमा हिँड्ने बढी सुरक्षित

अध्ययनका अनुसार १० देखि १४ प्रतिशत व्यक्तिको एग्रिगेट सीरोपोजेटिभिटीबाट पत्ता लाग्छ कि १० करोड भारतीय जनसँख्या सेप्टेम्बर २०२० सम्ममा कोरोना संक्रमित भइसकेका थिए । 

यो समय आफ्नै गाडीमा हिँड्ने, कम जोखिम भएका व्यवसायी, धूम्रपान, शाकाहारी र ए या ओ रक्तसमूह भएका मानिसहरु सुरक्षित रहे । यी व्यक्तिहरुमा एन्टिबडीको लेभल तेस्रो महिनासम्म स्थिर रह्यो, तर ६ महिनामा कमि देखियो ।

सार्वजनिक वाहनमा हिँड्ने, घरमा काम गर्ने नोकर, स्मोकिंग नगर्ने, मांसाहारी व्यक्तिमा कोरोनाको खतरा बढी छ ।

डब्लूएचओ, सिडिसी र अन्य देशका सरकारले दिएका थिए चेतावनी

पछिल्लो वर्ष भारत सरकारले धूम्रपान गर्नेलाई चेतावनी दिएको थियो कि उनीहरुमा कोरोनाको खतरा बढी छ जो श्वासप्रश्वासको समस्यासँग जुधिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन र अमेरिकी हेल्थ एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्सले पनि स्मोकर्सले चेतावनी दिएका थिए ।

डब्लूएचओले बताएको थियो कि स्मोकर्सलाई कोभिड १९ को आशंका बढी हुन्छ, किनकी धूम्रपानमा औँला, ओठको टच हुन्छ, जसले ट्रान्समिशनको आशंका बढाउँछ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत